Connect with us
Kapilvast Forest

राप्रपा रसुवाका अध्यक्ष र उपाध्यक्षसहित नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

रसुवा-राप्रपा रसुवा कार्यसमितिका अध्यक्ष र उपाध्यक्षसहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गर्नु भएको हो । राप्रपाका जिल्ला अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपाकी महिला केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेकपा रसुवा जिल्ला कार्यसमिति सदस्यद्वय सोनाम छिरिङ तामाङ र लासेन तामाङ, नेकपा रसुवा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष घ्याल्साङ तामाङ, नेकपा गाउँ कमिटी सचिव दावा तेन्जेङ लामा र नेकपा वडा संयोजक पेम्बा धार्के मेघीसहित नेताहरू कांग्रेसमा प्रवेश गर्नु भएको हो ।

कांग्रेस रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको सक्रियतामा कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई बिहीबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा भएको कार्यक्रमबाट कांग्रेसमा प्रवेश गराउनु भएको हो ।

प्रवेश गर्नेहरूमा नेकपा रसुवा–काठमाडौं सम्पर्क समितिका सचिव पेम्बा छेदेन तामाङ, जनता समाजवादी पार्टी रसुवाका कार्यबाहक अध्यक्ष यब्दी तामाङ, जसपा रसुवा–काठमाडौं सम्पर्क समितिका सदस्य नेमा छिरिङ थोक्रा, जसपा जिल्ला समिति सदस्य सुप्पा थोक्रा तामाङ, बुद्धिमाया थोक्रा, छेसाङ थोक्रा, कुमार नेघी, अनिता नेघी, निमा साङ्बो थोक्रा, सुनिता थोक्रा, तेन्जेन सेरेप तामाङ, स्थानीय बुद्धिजीवी शंकर अधिकारीलगायत रहनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu