Connect with us
Kapilvast Forest

मोतिपुर औद्योगिक कोरिडोर शिलान्यास गर्न पुगेका अर्थमन्त्रीमाथि ढुंगा प्रहार

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

बुटवल – स्थानीयको चर्को विरोधका बिच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास गर्नु भएको छ । शिलान्यासपछि भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्कनु भएको थियो ।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरीसहित केहि प्रहरी घाइते भएका छन्।

अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानैदेखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रहरीको पछाडिबाट पौडेल समर्थक कार्यकर्ताहरुले पनि ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले पटक पटक लाठी चार्ज गरेको छ भने स्थानीयबासीले पनि शिलान्यासस्थलमा प्रवेश गर्न प्रयास गरेका थिए।

पौडेल सम्बोधन बिचमै रोकेर हिँडेपनि सो क्षेत्रमा तनाव रोकिएको छैन। शिलान्यास गरिएको क्षेत्र भत्काउन स्थानीयले प्रयास जारी राखेका छन् भने प्रहरीले उनीहरुलाई रोक्न लाठी चार्ज गरेको छ।

स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास सम्पन्न गरे पनि शिलान्यास स्थल नै जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ। बिहीवार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइ दिएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुग्नु भएको थियो ।

बिहानैदेखि बालबच्चा र जेष्ठ नागरिकसहित कार्यक्रमस्थल घेर्न आएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो। मोतिपुर औद्योगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिन मध्य २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu