Connect with us
Kapilvast Forest

३६ शहिद परिवारलाई नगद सहित अभिनन्दन

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

माधव बेल्बासे
कपिलवस्तु,२१ फागुन

नेपाल कम्यूनिष्ट पार्टी नेकपा शिवराज नगरकमिटि द्धारा नगरभित्रका ३६ जना शहिद परिवारका सदस्यहरुलाई अभिनन्दन गरिएको छ । २६ औ शहिद सप्ताहको अवशरमा आयोजित उक्त कार्यक्रममा शहिदहरुको कारणले मुुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्र आएको बताएका छन् । शहिद परिवारका सदस्यहरुलाई नगद,अभिनन्दन र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष विष्णुु पन्थीले शहिदको सपनालाई साकार गर्न जनताले दिएको बहुमतलाई केपी ओलीले प्रतिघात गरेको बताउनुुभएको छ । राजनितिक उपलव्धीलाई तहसनहस गरी नेकपालाई विभाजन गर्ने ओली सपना पुरा नहुने बताउनुुभयो । शहिदका सपना पुरा गर्ने प्रतिबद्धता जनतासामुु गरेको भएपनि ओलीले पुरा गर्न नसकेको बताउनुुभयो । राज्यको निम्ती शहिदहरुले ज्यानलाई आहुती दिएर मुलुुकमा अहिलेको व्यवस्था आएको बताउनुुभएको छ ।

कतिपय नेताहरु शहिदकै कारणले राज्यको मुख्य पदमा भएपनि उनीहरुले शहिदको लागि केहि गर्न नसकेको बताउनुुभयो । घरपरिवार छोडेर मुलुक बनाउन हिडेका नागरिकहरु शहिदको भएकोले उनीहरुका सपना पुरा गर्ने दायित्व नेकपाको रहेको बताउनुुभयो । नेकपाका प्रदेश कमिटि सदस्य बालकराम बुढालाई सरकार शहिदप्रति गैरजिम्मेवार बनेको बताउनुुभयो । बुुढाले देशमा राजनितिको स्थायित्व हुनुुपर्ने भन्दै जुनसुकै सरकार आएपनि शहिद परिवारको पक्षमा काम गर्नुुपर्नेमा जोड दिनुुभयो । नेकपाका नेता क्षेत्र बहादुर खत्री,अहमद अब्दुल रहुफ,महिला नेतृ सन्तोषि पाण्डे,मिना परियार लगाएतले शहिद परिवारलाई सान्तोना प्रदान गरेका छन् । नेकपा शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा नेता सरोज पौडेलको संचालनमा सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj