Connect with us

काभ्रेमा पनि नेकपाको बोर्ड हटाएर एमालेको साइनबोर्ड राखियो

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

 

काभ्रे – सर्वोच्च अदालतले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि पुरानै पार्टीको बोर्ड राख्न थालिएको छ। सर्वोच्चले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई वैधानिकता नदिएपछि ओली समूहले जिल्ला पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाएर साविककै नेकपा एमालेको बोर्ड राख्न थालेको हो।

ओली समूहका कार्यकर्ताहरूले काभ्रेको बनेपा नगरपालिका– ५ स्थित भीमसेनस्थानमा रहेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाउँदै साविककै नेकपा एमालेको बोर्ड टाँगेका छन्। तर पुस ५ मा गरिएको प्रतिनिधिसभा विघटनसँगै नेकपा दुई समूहमा विभाजित भएपछि ओली समुहको नेकपा काभ्रेका जिल्ला सदस्य कन्चन अधिकारी र युवा संघ काभ्रेका संयोजक बिक्रम चौलागाईंको संयुक्त नेतृत्वको टोलीले गत पुस ७ गते पार्टी कार्यालयमा लगाएको ताला पनि सोही समूहले नै खोलेको छ।

चौलागाईंले एमाले पार्टीको पूर्ववत् अवस्थामा गतिविधि सञ्चालन गर्ने बताउनु भयो । तत्कालीन एमालेले देशका अधिकांश जिल्लामा आफ्नै कार्यालय भवन बनाएको छ। २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग एकता भएपछि साविक एमालेका कार्यालयमा नै नेकपाको बोर्ड राखिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu