Connect with us
Kapilvast Forest

महाराजगंजमा १११औं महिला दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाईयो

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

बृजेश यादव कपिलबस्तु-
महिलाको सुरक्षा,समाज र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराको साथ कपिलबस्तुको आयोजना तथा आई.एन.एफ नेपाल शाखा महाराजगंजको सहकार्यमा महाराजगंजमा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कुर्सी दौड प्रतियोगित तथा घुईटो फोर कार्यक्रम सञ्चालन गरि मनाईएको महिला तथा बालबालिका शाखा प्रमुख बिन्दबासिनी चौधरीले जानकारी दिनु भयो ।

दौड प्रतियोगितामा सोरह जना र घुईटो फोर कार्यक्रममा बारह जना महिला सहभागि भएका थिए । सो सहभागी मध्ये दौड प्रतियोगोतामा आई.एन.एफ नेपाल शाखा महाराजगंज द्धारा महाराजगंज नगरपालिकामा वडा नं ८ सोनबर्षामा सञ्चालित प्रगति स्वालबन समुहको सदस्य शुभावती पासीले बिजेत हासिल गरेकी थिईन ।त्यसै गरि घुईटो फोर कार्यक्रममा बिन्दवासिनी चौधरीले बिजेत हासिल गरेकी थिईन ।

बिजेता हासिल गरेको सहभागिहरुलाइ महाराजगंज नगरपालिकाको नगर उप-प्रमुख शुभावती कुर्मीले पुरुषकार बितरण गर्नुभएको शाखा प्रमुख चौधरीले जानकारी दिनु भयो । महिला हकहित तथा संरक्षणको लागि तथा महिलाहरुको मनोबल बढाउनाको लागि यो कार्यक्रम सञ्चालन गरिएको महाराजगंज नगरपालिकाको नगर उप-प्रमुख शुभावती कुर्मीले बताउनु भयो । महिलाहरु सशक्तिकरणको यस्ताको लागि थप कार्यक्रमहरु सञ्चालन गरिने उप-प्रमुख कुर्मीले बताउनु भयो ।

नगरपालिकाले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरुमा आई.एन.एफ नेपाल शाखा महाराजगंजले सदैव सहकार्य गरि अगाडी बढने परियोजना अधिकृत मिना महतोले बताउनु भयो । महराजगंज नगरपालिकाको वडा नं ४,७,८ र ९ मा ३६ ओटा स्वाबलम्बन समुहमा विभिन्न विषयमा सहजिकरण गर्दै सिपमुलक तालिमहरु प्रदान गरि ब्यवसाय सञ्चालनको लागि अनुदान स्वारुप सामाग्रीहरु समेत बितरण गरि जिविको पार्जनमा दिगो सुधार परियोजना अधिकृत मिना महतोले बताउनु भयो ।

महाराजगंज नगरपालिकाको नगर उप-प्रमुख शुभावती कुर्मीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । महिला हिसं न्युनिकरणमा जोड दिनुपर्ने बक्ताहरुले जोड दिनुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu