Connect with us
Kapilvast Forest

तिलौराकोट साझेदारी वनको छैठो साधारण सभा

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु-
जिल्ला कै नुमना तिलौराकोट साझेदारी वनको तौलिहवामा छैठो साधारण सभा संपन्न गरिएको छ । प्रजिअ चक्रपाणी पाण्डेयले सभाको उदघाटन गर्दै वातावरण जोगाउन वन जंगलको महत्व रहेकोले यसको सही सदुपयोग गर्नु पर्ने बताए । हरियाली जोगाउन घर घरमा रुख लागउनु पर्ने उनले बताए । उनले देश कै नमुना तिलौराकोट साझेदारीले अझ पारदर्शी र ब्यस्थितरुपमा काम गर्नु पर्ने बताए ।

सो अवसरमा डिभिजन वन कार्यालय कपिलवसतुका प्रमुख ईश्परी पौडेलले तिलौराकोट साझेदारीले काठको सत्पादन, बितरण, आयआर्जन लगायतका काममा देश मै नमुना काम गरेको बताए । उनले तिलौराकोट साझेदारीले गरेको कामको सिको गर्दै जिल्लामा अन्य ४ जटा साझदेरी वन समेत थपिएको बताए । सो अवसरमा तिलौराकोट साझेदारीका वनका अध्यक्ष जय प्रकाश पाण्डेयले नमुना काम गरको साझेदारी वनमा सरकारले र्बैज्ञानिक वन संबन्धी कार्यबिधि हटाएको प्रति आपत्ति प्रकट गरे । वनको सही ब्यवस्थापन, काठको उत्पादन, बृक्षारोेपण रोजगारी लगायतका राम्रो काम गरेको उनले बताए । सो अवसरमा साझेदारी वनको आयब्यय र प्रगति बिवरण प्रस्तुत गरिएको थियो ।

साझेदारी वनले एक बर्षमा १० करोड बढीको कारोवार गरेको बिवरण प्रस्तुत गरिएको थियो । जय प्रकाश पाण्डेयको अध्यक्षता र ध्यानेन्द्रमणि त्रिपाठीको संचालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप सचिव भुमी पोख्रेल, कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, १० का वडाध्यक्ष रामगोपाल यादव, बुद्ध्ुभुमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेय, कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेश तिवारी साझेदारी वन संजालकी संयोजक रेनु सेन लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu