थप ५९ जनालाई कोरोना संक्रमण
काठमाडौं-नेपालमा थप ५९ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार सात सय १५ जनामा परीक्षणको क्रममा ५९ जनालाई कोरोना भाइरस संक्रमण देखिएको हो ।
यससँगै नेपाल कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार आठ सय ६९ जना पुगेको छ । पछिल्लो २४ घण्टाको कोरोना भाइरसका कारण एक जनाले ज्यान गुमाएका छन् ।
हालसम्म तीन हजार १२ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस जितेका छन् । हालसम्म कोरोना भाइरस जित्नेको संख्या दुई लाख ७० हजार नौ सय ८७ जना पुगेको छ ।