Connect with us
Kapilvast Forest

एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गर्नु भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गर्नु भएको हो । उहाँले भन्नु भयो ‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरी अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन । आन्तरिक किचलो नेकपा एमाले​भित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे÷जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन ।

नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छु । पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’

साक्षात्कारमा बोल्दै उनले अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउने बाहेक अन्य क्रियाकलापहरू नगर्ने पनि दाबी गर्नु भयो । उहाँले भन्नु भयो,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ । सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’

नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ रु भन्ने प्रश्नमा उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो,‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ ।

तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय भएको कुरा मलाई थाहा छैन । सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । विश्वासको मत बहुमत पुग्नेगरी आउँछ । यो सरकार ढल्दैन । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिन । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu