ओलीको निर्देशन पालना गर्छौं:माधव नेपाल पक्षका सांसद पोखरेल
काठमाडौं-नेकपा(एमाले)को माधवकुमार नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने बताउनु भएको छ ।
सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे पनि फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठक माधव नेपाल पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
आजको बैठकमा भने नेपाल पक्षका सांसदहरूले अब एमाले संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको निर्देशन पालना गर्ने जनाउनु भएको छ ।
ुसंसदीय दलका नेता केपी ओलीको निर्देशन हामी पालना गर्छौुं, पोखरेलले भन्नु भयो , ुअब हामी नेकपा एमाले भयौं। विधिवत् दलको नेता केपी केपी ओली हुनुहुन्छ। उहाँबाट निर्देशन आउँछ, त्यहीअनुसार हामी एमालेका सबै सांसद अघि बढ्नु पर्ने हाम्रो कानुनी र सम्पूर्ण हिसाबको दायित्व हो।ु
प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ।