राप्रपाले तोक्यो प्रदेशमा अध्यक्ष र उपाध्यक्ष (सूचीसहित)
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ। पार्टी विधानअनुसार ५ वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरिएको राप्रपाले बुधबार जारी विज्ञप्तिमा जनाएको छ ।
पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका राप्रपाले जनाएको छ।
जसअनुसार राप्रपाको प्रदेश कमिटीमा विभिन्न व्यक्तिले जिम्मेवारी पाउनु भएको छ ।जस अनुसार प्रदेश १ मा झापाका रामकुमार थापालाई अध्यक्ष र पाँचथरका सगुनसुन्दर लावतीलाई उपाध्यक्ष तोकिएको छ। यस्तै प्रदेश २ मा सर्लाहीका राम चन्द्र राय अध्यक्ष र सिरहाका महेशलाल महासेठ उपाध्यक्ष रहनु भएको छ । यस्तै गण्डकी प्रदेशमा हेमजंग गुरूङ ९लमजुङ० अध्यक्ष र गोरखाका महेश्वर रोका उपाध्यक्ष रहनु भएको छ
यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उपाध्यय रूपन्देही अध्यक्ष हुनुन्छ भने रूपन्देहीकै कैलाश गुरूङ उपाध्यक्ष हो । यस्तै कालिकोटका दिपबहादुर शाही कर्णाली प्रदेशका अध्यक्ष र सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्ष रहनु भएको छ ।राप्रपाले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा मनोनयन गर्न बाँकी राखेको छ।
