महाशिवरात्रीको अवसरमा तौलेश्वर मन्दिरमा बृहद सरसफाई
महाशिवरात्रीको पुर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवा स्थित प्राचिन तौलेश्वर महादेव मन्दिर परिसरमा बृहद सरसफा
कपिलवस्तु हाअशिवरात्रीको पुर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवा स्थित प्राचिन तौलेश्वर महादेव मन्दिर परिसरमा बृहद सरसफाई गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा गरिएको अभियानमा सशस्त्र र नेपाल प्रहरी, मन्दिर ब्यवस्थापन समिति लगायतका गरी एक सय बढीको सहभागीता थियो । अभियान अन्र्गत मन्दिर परिसर, मन्दिर बाहिरको बाटाको चारै तिर र महेन्द्र पार्कमा समेत सफाई गरिएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी चक्रपाण्ी पाण्डेयले महाशिरात्री जस्तो महान पर्वमा संयुक्तरुपमा गरिएको सरसफाई अभियान सकारात्मक काम भएको बताए । उनले अभियानलाई पर्वको अवसरमा मात्र नभै सधै सफा र स्वच्छ राख्नु पर्ने बताए । उनले मन्दिर क्षेत्र वरिपरी बाटोमा राखिएको सामाग्रीलार्इृ तत्काल हटाउन निर्देशन समेत दिएका थिए । आफुले मम्दिरको विकासमा आवश्यक सहयोग समेत गर्ने उनले बताए । सो अवसमरमा केन्द्रका अध्यक्ष देबी प्रसाद बर्माले शिवरात्री जस्तो महान चाडमा मन्दिरमा संयुक्त सरसफाई अभियान चलाइएको बताए । उनले मन्दिरलाई सफा र सुन्दर बनाउन आफुहरुले हातेमालो गर्न तयार रहेको बताए । सो अवसरमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राम कुमार साहुले महाशिवरात्रीमा मन्दिर परिसरमा सरसफाई अभियान चलाएर राम्रो काम गरिएको बताए । उनले आफुहरुले भक्तजनहरुलाई सजिलरी पुजाआजा गर्नकालागि समिति समेत गठन गरिएको बताए । कार्यक्रम लगत्तै सरुवा भई आउनु भएका प्रजिअ पाण्डेय र नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीलाई केन्द्रका अध्यक्ष बर्माले टीका र गम्छा ओढाएर स्वागत समेत गरेका थिए । कार्यक्रममा यशोधरा गाउपालिका की उप मेयर कन्यावती उपाध्यया, कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष बिष्णु बारी लागतयको सहभागीता रहेको थियो