Connect with us
Kapilvast Forest

सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवाः स्थानीयवासी खुशी

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

कालीकोट-कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ ।सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा दिन थालिएको छ ।

नेपाल सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन थालिएको हो । गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका–९ का राजबहादुर बमले बताउनुभयो ।

“पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।”

गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले बताउनुभयो । “घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।”

सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा विजयकुमार महतोले बताउनुभयो । “दुर्गम ठाउँ भएकाले यहाँका स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन्”, उहाँले भन्नुभयो, “अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ ।”

विगतमा सामान्य ज्वरो आउँदा पनि जिल्ला सदरमुकाम मान्म र बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयवासी रामबहादुर बिकले बताउनुभयो । “सामान्य बिरामी हुँदा पनि हामीले दशौँ हजार रुपैयाँ खर्च गरेर दुईतीन दिन हिँडेर जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै डाक्टर’साब पाउँदा खुशी लागेको छ ।”

देशमा तीन तहका सरकार बनेको अहिले गाउँमा नै चिकित्सक देख्न पाउँदा साँच्चै गाउँमा सिंहदरबार आएको अनुभूति भएको स्थानीय करवीर बमले बताउनुभयो । “हिजो गाउँमा सिंहदरबार आयो भनियो । के आयो के आयो सोचेको थिए”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै औषधि उपचारका लागि डाक्टर देख्दा गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको छ ।”

गाउँपालिकाले स्वास्थ्य शिक्षामा पछाडि परेको गाउँपालिकालाई स्वास्थ्य सेवा, शिक्षालगायतका क्षेत्रमा पहुँच वृद्धि गर्ने उद्देश्यले काम गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा अहिले आमूल परिवर्तन गर्न त सक्दैनौँ”, उहाँले भन्नुभयो, “तर, अरू केही गर्न नसकिए पनि गाउँमा विशेषज्ञ सेवासहित डाक्टर गाउँमा नै राखिएको छ ।” गाउँमा नै औषधि उपचार पाउन थालेपछि पलाँताका स्थानीयवासी उपचारका टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu