Connect with us
Kapilvast Forest

भवन नभएपछि चौरमा अध्ययन गर्दै विद्यार्थी

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

 

हुम्ला -लामो समयको कारोना कहरपछि पठन पाठन भएको विद्यालयमा विद्यार्थीहरु खुला चौरमा अध्ययन गर्दै आएका छन् । गत वर्ष बर्खामा बाढी आएर विद्यालयको भत्किएपछि कक्षा कोठाको अभावमा विद्यार्थीहरु चौरमा अध्ययन गर्न बाध्य हुँदै आउनु भएको हो ।

ताँजाकोट गाउँपालिका वडा नम्बर २ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा बिष्णुदेबी शर्माका अनुसार कोरोनाको त्रासपछि विद्यालयमा पठन पाठन सुरु हुँदा कक्षा कोठा नहुँदा दैनिक रुपमा चौरमा अध्ययन गर्नु परिरहेको छ । चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवै पक्षलाई कठिन हुने उहाँले बताउनुभयो । कक्षा ६ देखि १२ सम्म अध्ययन हुने उक्त विद्यालयका विद्यार्थीहरुले कहिलेसम्म यसरी चौरमा पठन पाठन गर्नु पर्ने हो कुनै ठेगान नभएको अविभावक धर्मराज जैशीले बताउनुभयो ।

बर्खाको पहिरोमा पछि धेरै विद्यालयका धेरै भवनमा क्षेती पुगेको कारण विधार्थीले चौरमा अध्ययन गर्नु बाध्यता रहेको बताउदै जैशीले सरोकारवाला निकायलाई अनुरोध गरेपछि सुनुवाई हुन नसकेको बताउनुभयो । यसरी सधै कक्षा बाहिर अध्ययन गर्दा विधार्थीलाई शारिरिक र मानसिक रुपमा समस्या आउन सक्ने उहाँले बताउनुभयो । कम्तीमा पनि यो शैषिक सत्र विद्यार्थीहरुले यसरी नै पढ्नु पर्ने निश्चित भएको उहाँले बताउनुभयो ।

विद्यालयमा प्रधानाध्यापक गंगादत्त जैशीका अनुसार खुला चौरमा पठन पाठन सुरु गर्नु विद्यालयको बाध्यता रहेको बताउनुभयो । विद्यालयको एउटा भवन बाहेक अन्य सबै भवनमा बाढीले क्षेती पुर्याएपछि विद्यार्थी र शिक्षकलाई चौरमा पठन पाठन गर्नुको अन्य बिकल्प नभएको उहाँले बताउनुभयो । गत भदौ महिनामा बाढीले विद्यालय भवनलाई क्षेती पुर्याएपछि त्यसको निर्माण कार्य हुन नसम्दा विद्यार्थी चौरमा पढ्नु परि रहेको उहाँले बताउनुभयो ।

पानी परेका दिनमा पठन पाठन बन्द गर्नु परेको बताउदै प्रअ जैशीले चौरमा अध्ययन गर्ने विद्यार्थीहरुमा कक्षा छ, सात ११ र १२ रहनु भएको छ । कक्षा आठ, नौ र दशका विद्यार्थीहरु भने क्षेती पुगेकै भवनमा जेनतेन अध्ययन गरि रहनु भएको उहाँले बताउनुभयो । त्यस्ता कक्षा कोठामा अध्ययन गर्न असजिलो लागेपछि विद्यालय बाध्य भएर पठन पाठन गरि रहेको उहाँले बताउनुभयो । विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत हुनुहुन्छ । विद्यालयमा भवन निर्माणका लागि प्रदेश र संघीय सरकारबाट बजेटको ब्यबस्था भएपनि स्थान छनौट हुन नसकेको कारण निर्माण कार्य अगाडी बढ्न सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu