ओलीको निर्णयविरुद्ध वामदेव गौतमले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
काठमाडौं-‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक वामदेव गौतमले सर्वोच्च अदालतले आफूहरूको नेकपा खारेज गरेसँगै अब एमाले एकता अभियान सरु गनूृहुने भएको छ ।
शनिबार अभियानको आकस्मिक बैठक राख्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गर्नु भएको ।
ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखी पार्टीको विधानविपरीत जथाभावी पद र जिम्मेवारी खोस्ने तथा केन्द्रीय सदस्य थप्ने गरेको उल्लेख गर्दै गौतमले एकता अभियानको बैठकको निर्णय सार्वजनिक गर्नु भएको छ ।
केपी ओलीले शुक्रबार गरेको घोषणाले उहाँको नेतृत्व क्षमताको धज्जी उडाएको मात्र नभई उनमा विकास हुँदै गएको व्यक्तिवाद, अहंमतावाद, स्वच्छन्दतावाद, पुरोहितवादजस्ता प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने दिशामा धकेलिरहेको अभियानका सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दर्छौंं।’
हेर्नुहोस्, विज्ञप्ति :
