पेन्सन लिन हिँडेका वृद्ध १५ दिनपछि मृत फेला
ओखलढुंगा -खलढुंगाको मोलुङ गाउँपालिका(५, का एक वृद्धको शव फेला परेको छ।फागुन १६ गते पेन्सन लिन घरबाट निस्केका ६६ वर्षीय शंकर तामाङ मृत भेटिनु भएको हो । प्राप्चाको पाखाबारी गोरेटो बाटो नजिक शनिबार मृत अवस्थामा उहाँलाई फेला पारिएको प्रहरीले जानकारी दिएको छ।
फागुन १६ गते घरबाट निस्केपनि तामाङ फर्किनु भएको थिएन एका । उहाँलाई बिहीबार पाखाबारीका स्थानीयबासीले देखेको बताएका छन्।
शुक्रबार बेलुका मादक पदार्थ सेवन गरेर घर फर्कने क्रममा उहाँको लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
बाटोबाट करिब ३० मिटर तल लडेर मृत्यु भएको अवस्थामा उहाँको शव फेला परेको थियोे। प्रहरीले मृतकको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।