Connect with us
Kapilvast Forest

८ वर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

rape

 

मोरङ-मोरङको रतुवामाई नगरपालिका–४ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।बलात्कारको आरोपमा स्थानीय ६६ वर्षीय फौदिलाल मुखियालाई प्रहरीले पक्राउ गरेको हो । सुस्त मनस्थितिकी बालिका बलात्कृत भएकोजिल्ला प्रहरी मोरङले जनाएको छ । मुखियाले शुक्रबार घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।

स्थानीयकाअनुसार बालिका शुक्रबार आफ्नी बहिनीहरुसँग बारीमा घाँस काट्न गएको बेला मुखिया पनि बाँस काट्न गएका थिए । साँझ घरमा आएपछि दुई जना बहिनीले आमालाई जानकारी गराएपछि घटना बाहिरिएको हो ।

प्रहरीले उनीविरुद्ध जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गराइ अनुसन्धान सुरु गरेको जनाएको छ । सुस्त मनस्थितिकी पीडित बालिकाको उक्त घटनाले झन् मानसिक समस्या थपिएको राईले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu