Connect with us
Kapilvast Forest

बालुवाटारमा ओलीको आयोजनामा चियापान, नेपाल–खनाललाई पनि निम्तो

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमालेभित्रको विवादले गहिरो रुप लिँदै गरेको अवस्थामा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई चियापानको निम्तो पठाउनु भएको छ । ओलीको सचिवालयले नेपाल–खनाललगायत शीर्ष नेताहरुलाई चैत्र ३ गतेका लागि चियापानको निम्तो पठाएको हो ।

माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलाको अघिल्लो दिनका लागि बालुवाटारमा चियापानको आयोजना गरिएको हो ।

ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत शीर्ष नेताहरुलाई चियापानको निम्तो पठाउनु भएको छ ।

आगामी ७ गतेका लागि ओलीले बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । असन्तुष्ट पक्षले सो बैठकमा नजाने बताउँदै आउनु भएको छ । ३ गतेका लागि बोलाइएको चियापानमा असन्तुष्ट पक्ष सहभागी होला या नहोला भन्नेमा सबैको चासो छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu