Connect with us
Kapilvast Forest

६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

विराटनगर- एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उहाँका श्रीमान् पछि लाग्नु भयो। वृद्धका अनुसार नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थालेको बताउनु भयो । श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उहाँले सुनाउनु भयो ।

उहाँका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न थाल्यो। ‘कुटाइ सहन नसकेर मेरी श्रीमती बेहोस बन्नु भयो ’, वृद्धले भन्नु भयो , ‘बोल्न नसक्ने अवस्थामा देखेपछि होहल्ला गर्दै अरू गाउँलेलाई बोलाएर घटनाबारे प्रहरीलाई जानकारी दिएँ।’

यो घटना मोरङको रतुवामाई–२ डोरियामा भएको हो। एकै परिवारका पाँच जना मिलेर बोक्सी आरोप लगाउँदै वृद्धामाथि आक्रमण गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । डीएसपी राईका अनुसार वृद्धाको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ। चिकित्सकले अवस्था खतरामुक्त रहेको बताउनु भयो पनि वृद्धा थलिएकी उहाँले बताउनु भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा किशोर बुढाथोकीले लेख्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu