Connect with us
Kapilvast Forest

इजरायली नागरिक नेपालको कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले इजरायली नागरिक नेपालको कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनु भएको छ ।

आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भएको भेटमा राजदूत गोडेरलेजेष्ठ नागरिकको स्याहारका लागि नेपाली कामदार छिट्टै इजरायल लैजानेक्रम सुरु हुने पनि बताउनुभयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना–प्रविधि, खानी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा प्रविधि भित्रयाउन तथा सीप विकासमा गरेको सहयोगका लागि इजरायल सरकारप्रति आभार व्यक्त गर्नुभयो।राजदूत हनान गोडेर अध्यक्षलाई भेट्न सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुग्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu