Connect with us
Kapilvast Forest

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

jel

सुर्खेत- जिल्लामा बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैद सुनाइएको छ । जिल्ला अदालत सुर्खेतले सोमबार वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने महिलाविरुद्ध न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले सजाय सुनाएको हो । ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu