Connect with us
Kapilvast Forest

भारत–इंग्ल्याण्ड टी–२० सिरिजका बाँकी खेलमा दर्शकलाई निषेध

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौं – भारत र इंग्ल्याण्ड बीचको टी–२० सिरिजको तेस्रो खेल आज हुँदै छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल बिना दर्शक खेलाइने भएको छ।

यसअघिका खेलमा रंगशालामा दर्शकलाई प्रवेश गराइए पनि अब भने बाँकीका तीन खेल दर्शकले घरमै बसेर टिभी सेटमा हेर्नुपर्ने छ।

गुजरातमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँको राज्य सरकारले स्टेडियममा दर्शकको प्रवेश रोक लगाएको छ। गुजरातमा पछिल्लो २४ घण्टामा कोरोनाका ९ सय संक्रमित फेला परेका छन्।

पाँच खेलको सिरिजमा पहिले खेल इंग्ल्याण्डले जितेको थियो भने दोस्राे खेलमा भारतले जीत हाँसिल गरेकाे थियो। अन्य खेल १८ र २० मार्चमा हुनेछन्।

टी–२० सिरिजपछि दुवै टोलीबीच एकदिवसीय सिरिज पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुनेछ। त्यहाँ पनि कोरोना संक्रमणको दर देशभरिमै उच्च रहेकाले दर्शक प्रवेशमा निषेध हुनसक्ने सम्भावना छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu