नेप्सेमा सामान्य सुधार
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) सामान्य अंकको सुधार आएको छ । केहि हप्तादेखि निरन्तर ओरालो लागेको नेप्सेमा आज सामान्य अंकको सुधार देखिएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से ६ अंकले बढेर करिब डेढ अर्बको कारोबार भएको छ । कारोबार भएका चार समूहबोक हन्य सबै समूह बढेका छन् । त्यस्तै, आज चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।