Connect with us
Kapilvast Forest

लुम्बिनीका ४ जिल्ला अर्घाखाँची,गुल्मी,रोल्पा र रुकुम पूर्व मा कोरोना संक्रमण शून्य

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

corona

रूपन्देही- लुम्बिनी प्रदेशका ४ वटा जिल्लामा कोरोना भाइरस संक्रमणबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुम पूर्व शून्य संक्रमित जिल्ला रहेको प्रदेश स्वास्थ्य निर्देशनायले जारी गरेको विवरणमा उल्लेख छ ।

 

लुम्बिनी प्रदेशमा आइतबार साँझसम्मको विवरणअनुसार सक्रिय संक्रमितको संख्या १ सय १७ छ । प्रदेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो । रूपन्देहीमा ३ जना, पाल्पामा २ जना र दाङमा १ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

रूपन्देहीमा सबैभन्दा बढी ३८ जना सक्रिय संक्रमित छन् । त्यसैगरी दाङमा २५, बाँकेमा २०, पाल्पामा १३, बर्दियामा १०, कपिलवस्तु एवं नवलपरासीमा ५-५ जना र प्युठानमा १ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २७ हजार ४ सय ७५ छ । यीमध्ये २६ हजार ९ सय ४९ जना निको भइसकेका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ ।

 

गत साउनमा लुम्बिनी प्रदेशमा ठूलो संख्यामा संक्रमित थपिने गरेका थिए । पछि सरकारले कन्ट्रयाक्ट ट्रेसिङ गर्न छाडेपछि संक्रमण पुष्टि हुनेको संख्या कम हुँदै गएको हो ।

 

अर्कोतर्फ संक्रमणको प्रभाव पनि न्यून हुँदै गएको छ । मृत्युदरमा पनि कमी आएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu