बीएण्डसीलाई सम्बन्धन दिए ओलीको राजीनामा मागेर अनसन बस्छु: डा. केसी
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा।गोविन्द केसीले प्रधानमन्त्री के।पी।शर्मा ओलीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको आरोप लगाउनु भएको छ ।
डा।केसीले विज्ञप्ती जारी गर्दै कलेजलाई अवैध रुपमा सम्बन्धन दिलाउनका लागि भोलि चैत्र ४ गते चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर प्रधानमन्त्री आफैँले चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन लगाएको सूचना पाएको बताउनु भएको छ । साथै आयोगका पदाधिकारीलाई सम्बन्धन दिन नमानेमा अख्तियारमा हालै अवैध रुपमा नियुक्त गरिएका पदाधिकारीमार्फत मुद्दा लगाउनेसम्मका धम्कीसमेत दिएको समेत उल्लेख गर्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोगको बैठक बोलाएर ऐन विपरीत जबरजस्ती सम्बन्धनको प्रक्रिया अघि बढाएको खण्डमा प्रधानमन्त्री ओलीको राजीनामाको मागसमेत राखेर तत्काल सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।’
विज्ञप्तिमा प्रधानमन्त्री के।पी।शर्मा ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशन बमोजिम चिकित्सा शिक्षा ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउनका लागि अनैतिक हर्कत गर्नु कुनै पनि हालतमा क्षम्य नहुने उल्लेख गर्नु भएको छ ।
ओली मन्त्रीमण्डलका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, धुलिखेलस्थित काठमाडौ विश्वविद्यालय तथा धरानस्थित वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप(कुलपतिलगायतका पदाधिकारी तथा अन्य आसेपासेलाई परिचालन गरेको भन्नु भएको छ ।