Connect with us
Kapilvast Forest

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, भेन्टिलेटरम उपचार हुँदै

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

nabindraraj josi

 

काठमाडौं -पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।

मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उहाँको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

अस्पताल र परिवारका सदस्यले पुष्टि नगरिकन केही सञ्चारमाध्यमले उहाँको बारेमा अनावश्यक खबर छापेका दाजु राजुराज जोशीले बताउनुभयो । राजुराज जोशीले भन्नुभयो–‘सञ्चारमाध्यममा हामीले पुष्टि नगरेको खबर आयो, यो गलत हो । उहाँको अहिले पनि भेन्टिलेरटमा नै राखेर उपचार भइरहेको छ ।’

नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था भने जटिल छ । उहाँका सहयोगी पुष्कर पाण्डेले जोशीको स्वास्थ्य गम्भीर रहेको तर बाहिर हल्ला आए जस्तो नभएको बताउनुभयो । जोशीको मस्तिष्क समस्या भएको, प्रेसर लो भएको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताउनु भएको छ ।

जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj