Connect with us
Kapilvast Forest

सगरमाथा आरोहण गर्ने प्रथम महिला पत्रकार महर्जनलाई सम्मान

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकार सम्मानित हुनु भएको छ । सगरमाथाको आरोहण गर्न सफल पहिलो महिला पत्रकार कल्पना महर्जनलाई ललितपुर महानगरपालिकाको १०० बर्षको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।

कल्पना महर्जन वल्ड बुक अफ रेकर्ड विश्वको पहिलो महिला पत्रकार आफ्नो नाम लेखाउन सफल भएकि एक साहसिक नारी बन्नु भयो । २०१४ मा पहिलो पटक असफल भएपछि उहाँले पुन शिक्षा मार्फत बालविवाहको अन्त्य नारालिएर सगरमाथा आरोहण गर्नु भयो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका मेयर चिनिवावु महर्जनले भन्नु भयो महिलाले चाहे भने के गर्न सकिन्छ भन्ने यो पनि एउटा महत्वपूर्ण उदाहरण भएको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj