Connect with us
Kapilvast Forest

बालुवाटार हिँडेका खनाल-नेपाल पक्षका सांसद बाटोबाटै फर्किए

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही सांसद बाटोबाटै फर्केका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो। उक्त बैठकमा भाग लिन जाँदै गरेका सांसद बाटोबाटै फर्केर खनाल-नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका छन्।

एक सांसदले सेतोपाटीलाई दिएको जानकारीअनुसार ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद ओलीले बोलाएको संसदीय दलको बैठकका लागि जाँदै थिए, उनीहरू बाटोबाटै फर्किएका हुन्।

आज खनाल(नेपाल पक्षका सांसदहरूले होटल हेरिटेज गार्डेनमा बेग्लै भेला गरेका थिए। त्यहाँ केही सांसदहरूले ओलीले बोलाएको भेलामा जानुपर्ने बताएका थिए।

तर आज राष्ट्रिय भेला पनि भएकोले संसदीय दलको बैठकमा नजाने निर्णय भएको छ।आज ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने र अर्कोपटकदेखि जाने कुरा भएको छ। त्यही भएर बालुवाटार हिँड्नुभएका केही साथीहरू सिंहदरबारतिरबाटै फर्कनुभयो,’ एक सांसदले भन्नु भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu