माधव नेपाल समूहले माफी नमागे कारवाही गर्ने अोलीको चेतावनी
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षले माफी नमागे कारवाही गर्ने चेतावनी दिनुभएको छ । कथित भेला गर्नेहरुले सच्चिएर आत्मालोचना गरेमा केही सोच्न सकिने उल्लेख गर्दै ओलीले नभए कारवाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले राष्ट्रिय भेलाका अगुवालाई स्पष्टिकरण सोधिने पनि बताउनुभउको छ ।
ओलीले पार्टीका बैठक बहिस्कार गरेर अरुकै लागि भेलाहरु गरिरहेको भन्दै माधव नेपालहरुमाथि अनुशासनको कारवाही शुरु हुने बताउनुभउको हो । एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले फर्केको हो भने त्यो सपना नदेख्न समेत ओलीले चेतावनी दिनुभयो ।
संसदीय दलको बैठकमा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौति पनि दिनुभयो । उहाँले अहिलेको अवस्थामा सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने अवस्था नभएको पनि बताउनुभयो ।