Connect with us
Kapilvast Forest

१० वर्षदेखि लगातार दुध दिने अचम्मको गाई

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं- सिरिजंगा गाउँपालिका ४ तेल्लोकका जनक खड्काले पालेको साँखु गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । २०६९ भदौमा अन्तिम पटक सुत्केरी भएको गाईले त्यसअघि पाँच बेतसम्म प्रत्येक वर्षजसो गर्भधारण गरेको थियो ।

२०६९ सालपछि गर्भधारण नगरेको गाईले दुध दिइरहेको छ। ‘आफ्नै घरमा पालेको माउले जन्माएको बाच्छो भएको हो,’ खड्काले भने ‘अहिले गोरु पनि खोज्दैन, दूध पनि दिइरहेको छ ।’ दैनिक चार लिटर दूध दिने गरेको खड्काले बताए । बिहान बेलुका त दोइहालिन्छ । आवश्यक पर्दा अरु समयमा पनि दूध दिन्छ । खाड्काका अनुसार गाईको उमेर २१ वर्ष पुगेको छ । दुध कम आए बाक्लो र बढी आए अलि पातलो हुने खड्काले सुनाए ।

त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका कुझोडा निवासी प्रेमसागर भट्टाईले पालेको गाईले पनि १० वर्ष देखि दुध दिइरहेको छ। ‘गाई २०६७ माघ ११ मा ब्याएको हो, त्यसपछि छैन,’ प्रेमसागरले भने ‘उर्लाबारी, दमकका डाक्टरलाई देखाएँ, नभएपछि विराटनगरबाट पशु डाक्टरलाई ल्याएर पनि देखाएको थिएँ ।’

डाक्टरहरुले औषधि चलाएर पनि गर्भ बस्ने बनाउन नसकेको उनले बताए । यीस्ता घटना अत्यन्त कम हुने पशु ज्ञान केन्द्र ताप्लेजुङका डा. सौरभ श्रेष्ठको भनाइ छ । जतिमा भएको छ, त्यो वातावरण र वंशानुगत गुणका कारण हुन सक्ने उनको भनाई छ । हार्मोनका कारण गाईले दुध दिइरहेको हुन सक्ने पशुसेवा कार्यालय पाँचतरका डा. इन्द्रनारायण शाहले जानकारी दिए । कान्तिपुर

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu