Connect with us
Kapilvast Forest

नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

काठमाडौँ– नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गर्नु भएको हो ।

समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu