Connect with us
Kapilvast Forest

दाङमा स्कुल बस पल्टिँदा दुई जनाकाे ज्यान गयाे

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

accident

दाङ – दाङमा बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा तुलसीपुरमा रहेको  ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा दुई विद्यार्थीको ज्यान गएको छ । तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरीको ज्यान गएको हो । उनीहरु कक्षा ११ मा पढ्ने विद्यार्थी भएको अनुमान गरिएको छ ।

दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइते केहीको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको  छ । केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि  बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu