चैत २० देखि कपिलवस्तुमा हात्तिपाईले रोग निवारणका लागि अभियान शुरु हुने
कपिलवस्तु-कपिलवस्तुमा यहि चैत २० गतेदेखि राष्ट्रिय हात्तिपाईले (फाईलेरिया) रोग निवारण कार्यक्रम २०७७ सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पत्रकार अन्तरक्रिया गरी अभियान बारे जानकारी गराएको हो ।
जिल्लामा रोगको संक्रमण पाईए पछि १३ औँ पटक यो अभियान सुरु गर्न लागिएको हो । जिल्लामा कुल जनसंख्याको १२.५ प्रतिशत मानिसमा यसको सक्रमण रहेको तथ्यांकमा उल्लेख छ । सबैले औषधी सेवन नगरेका कारण अन्य जिल्लाको तुलनामा कपिलवस्तु पछाडी परेका हो । त्यसैले यस पटक औषधी सेवनबाट कोही नछुटुन भन्ने उद्देश्य छ ।
यस क्रममा चैत २० गते देखी औषधी वितरण गरी प्रत्यक्ष निगरानीमा सबै मानिसलाई हात्तिपाईले रोगको औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य प्रमुख हेमराज पाण्डेले बताउनु भयो । जिल्लामा जिल्ला, पालिका स्तर हुँदै प्रत्येक वडामा वडा स्तरमा भेला गोष्ठिको आयोजना गरी अभियानलाई प्रभावकारी बनाउँने तयारी भैरहेका छन् ।
।
दुई वर्ष मुनिका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु हुँदैन । त्यस्तै क्यान्सर, मुटु, मृगौला, कलेजो, फोक्सोका दिर्घ रोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनि औषधी खानु हुँदैन ।
त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाईले रोग निर्मुल पार्न सहयोग गर्नु पर्ने प्रमुख पाण्डेले बताउनु भयो ।पछिल्लो तथ्यांक अनुसार जिल्लाको महाराजगंज नगरपालिकामा हात्तिपाईलेको संक्रमण बढि रहेको पाईएको छ ।