Connect with us
Kapilvast Forest

उद्योगपति अग्रवाल एमालेमा प्रवेश

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं – उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०मा प्रवेश गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गर्नु भएको हो । प्रधानमन्त्रीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गर्नु भएको हो ।

भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धकसमेत हुनुहुन्छ । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यपनि हो ।

आफू यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएको बताउने अग्रवालले भन्नु भयो , ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu