१३ वर्षीया बालिकालाई बलात्कार गर्ने २ जना पक्राउ
काठमाडौं-झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका(१० बस्ने २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका ९ बस्ने २३ वर्षीय रविन विक रहेका छन् ।
शिवसताक्षी नगरपालिका(७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतवार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी रेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।