Connect with us
Kapilvast Forest

प्रदेश १ मा मन्त्री मण्डल विस्तार : मुख्यमन्त्रीकाे नेतृत्वमा रहेका दुई मन्त्रालयले पनि मन्त्री पाउने

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

मोरङ – प्रदेश एक सरकारको आज मन्त्री मण्डल विस्तार हुँदैछ । नयाँ आउन लागेका मन्त्रीहरुमा माओवादी केन्द्र छाडेर आएका मन्त्री टंक आङ्बुहाङ र नेपाल समूहबाट ओली समूहमा आएकी उषाकला राई रहेका छन् । आङबुहाङलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र राईलाई सामाजिक विकास मन्त्रालय दिने निश्चित भएको छ ।

यस्तै प्रदेश एकमा लामो समयदेखि मुख्यमन्त्रीको नेतृत्वमा रहेका दुई मन्त्रालयले पनि मन्त्री पाउने भएका छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सम्हालेसँगै आफ्नै माताहतमा राखेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको मन्त्री परिषद् श्रोतले जनाएको छ ।

यसै क्रममा ती मन्त्रालयमा एक वर्ष पहिले नै नियुक्त भएका राज्यमन्त्रीहरुलाई नै मन्त्री बनाउन लागिएको हो । भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

यस्तै राज्यमन्त्रीमा दुईजना थपिने भएका छन् । राज्य मन्त्रीमा नयाँ आउन लागेका कला घले र राजकुमार ओझाको सपथ आज दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu