नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं-नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ।पछिल्लो २४ घन्टामा ७० जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ।कोरोनाबाट निको हुनेको दर ९८।५ प्रतिशत पुगेको छ।