एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ :प्रचण्ड
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उहाँले बताउनुभयो ।
बृहत नागरिक आन्दोलनले आज गरेको अन्तरक्रियामा प्रचण्डले अब आफु नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन नसक्ने बताउनुभएको थियो ।यद्यपि आफूले अबको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको प्रचण्डले बताउनुभयो ।