Connect with us
Kapilvast Forest

विमानस्थलमा तीन करोड लागतमा हेल्थ डेस्क

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं – सरकारले त्रिभुवन विमानस्थलमा सघन उपचार कक्षसहितको हेल्थ डेक्स बनाउने प्रक्रिया छिटै सुरु गर्ने भएको छ । हेल्थ डेस्क रहने भवनका लागि जग्गा उपलब्ध भइसकेकाले टेन्डर निकाल्ने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अघिल्लो वर्ष माघमा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले विमानस्थलमा सुविधासम्पन्न हेल्थ डेस्क बनाउने निर्णय गरी बजेटमा समावेश गरेको थियो । तर, विमानस्थलले जग्गा नदिएपछि काम अगाडि बढ्न पाएको थिएन । विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले भन्नु भयो ‘त्रिभुवन विमानस्थलले जग्गा दिएको छ । अब चाँडै टेन्डर भई काम अगाडि बढ्छ ।’

कोरोनाको दोस्रो लहर विश्वसँगै छिमेकी भारतमा पनि देखिएपछि सरकारले तत्काल हेल्थ डेस्क बनाउने निर्णय गरेको हो । हेल्थ डेस्कका लागि १८ जनाको दरबन्दी स्वास्थ्य मन्त्रालयबाट हालै स्वीकृत भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ६–७ हजार मानिस नेपाल भित्रिने गरेका छन् ।नयाँ पत्रिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu