Connect with us
Kapilvast Forest

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माआवादी केन्द्रको तयारी

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रले सरकारलाइ दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले पार्टी अलग गरिदिएपछि दुइ पार्टीबीचको दुरी झन् बढेको छ । माओवादी केन्द्र सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने रणनितिमा लागेको भएपनि सहमति नजुटेपछि अब सरकारलाइ दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र लागेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि सीआईएनसँग कुरा गर्दै केही दिन भित्रै सरकारलाइ दिएको समथर्न फिर्ता लिने बताउनुभयो । संघमा सरकारलाई दिएको समर्थन फिर्ता लिंदा त्यसको असर प्रदेश सरकारमा समेत देखिने तर आफुहरु प्रदेश सरकार छाड्नु परे पनि तयार रहेको शर्माको भनाई छ ।

प्रश्न सरकारको होईन, लोकतन्त्र र संविधानको रक्षाको हो, शर्माले भन्नुभयो ‘हामी प्रदेश सरकारबाट बाहिरिन तयार छौं ।’ कर्णाली र सुदुरपश्चिम प्रदेशमा माओबादी केन्द्र नेतृत्वको सरकार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu