Connect with us
Kapilvast Forest

चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गर्ने

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौँ- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार हरेक स्थानीय तहले एउटा स्थानीय विषय बस्तुसम्बन्धी वा मातृभाषिक सीपको पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने हुन्छ ।सोही अनुसार आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रमको पठनपाठन सञ्चालन गर्ने गरी चन्द्रागिरि नगरपालिकाले तयारी गरिरहेको छ ।

पाठ्यक्रममा नगरपालिकाको आर्थिक, सामाजिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, राजनीतिक,चाड पर्व, मठ मन्दिर लगायतका सम्पूर्ण विषयलाई समेटिएको नगरप्रमुख घनश्याम गिरिले बताउनुभयो । उहाँले भन्नुभयो ,‘नगरपालिको पूर्ण परिचय आउने गरी पाठ्यक्रम तयार गरेका छौँ । ’

नगरपालिकामा रहेका खोला नालादेखि मठमन्दिर लगायत सम्पूर्ण ऐतिहासिक विषयलाई समेट्दा पाठ्यक्रम निर्माण गर्न केही ढिला भएको उहाँले बताउनुभयो ।नगरपालिकाको मौलिकता झल्काउने स्थानीय तहका सम्पूर्ण विषय समेटिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ‘राष्ट्रिय पाठ्यक्रममा मुख्य मुख्य विषयहरुलाई समेटिएको हुन्छ तर स्थानीय पाठ्यक्रममा टोलको एउटा मन्दिर पनि प्रमुख हुन्छ ।’पाठ्यक्रममा कुन कुरा दिन सक्यो भने अनुशासित र सभ्य समाज निर्माण हुन्छ भन्ने विषयलाई पनि ध्यानमा राखेर पाठ्यक्रम तयार गरिएको उहाँले बताउनुभयोे ।

उहाँका अनुसार पाठ्यक्रममा ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात कसरी प्रयोग गर्न भन्ने विषयलाई पनि समेटिएको छ ।‘आकाशे पुल मात्र बनाएर हुदैँन्, त्यो पुल प्रयोग गर्ने सभ्य समाज पनि निर्माण गर्नुपर्छ, त्यसैले पाठ्यक्रममा सभ्य समाजको परिकल्पना पनि गरिएको छ, उहाँले भन्नुभयो ।’

चन्द्रागिरि नगरपालिकामा सामुदायिक, निजी, गुरुकुल र पौढ शिक्षा गरेर ७५ विद्यालय रहेको छ । जसमा सामुदायिक विद्यालयका संख्या २४ रहेको छ ।११ जनाको विज्ञ टोलिले पाठ्यक्रम निर्माण गरिरहेको जानकारी दिनुभयो । ‘पाठ्यक्रमको लगभग सबै काम सकिएर नगरसभाले पास गर्ने प्रक्रियामा अघि बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj