Connect with us
Kapilvast Forest

साधुको भेषमा बालिकामाथि यौन दुर्व्यवहार

२०७६, २३ असार सोमबारमा प्रकाशित

काठमाडौं । जनकपुरमा एक साधु भेषधारीले निन्दनीय कुकर्म गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका – ८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले साना बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ ।

मन्दिरमा पुजापाठ गर्दै आएका दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गर्थे। ट्युशन पढ्न आउने साना बालिकामाथि उनले दुष्कर्म गरेको आरोप लागेको छ। ५ वर्ष अगाडी तुलसी स्मारकमा पुजाआजा गर्ने जिम्मेवारी पाएका शिवशंकरले दुई वर्षदेखि बालबालिकालाई पढाउने नाममा यौन दुर्व्यवहार गर्ने गरेको अभिभावकले बताएका छन् ।

‘मेरी ८ वर्षीया छोरीले बाबासँग पढ्न नजाने भनेर जिद्दी गरेको कारण बुझ्दा बाबाको कुकर्मका बारे थाहा पायौं,’ एक पीडित बालिकाका अभिभावकले भने, ‘बाबाको कर्तुतका बारेमा आवाज उठाए पनि रामानन्दीय वैष्णव संघका तत्कालीन अध्यक्ष वैकुण्ठले बचाउ गरे।’

वैकुण्ठकै डरका कारण कसैले पनि ती बाबाको खुलेर विरोध गर्न नसकेको अभिभावकले गुनासो गरे । एक हत्याकाण्डमा वैकुण्ठले १२ वर्षको जेल सजाय पाएपछि उनका सहयोगी दुष्कर्मी बाबाको विरोधमा सर्वसाधारणले बोल्न सकेका हुन् ।

वैकुण्ठ हाल फरार छन् भने दासले पढाउने बहानामा अन्य दुईजना बालिकाहरुसँग पनि दुष्कर्मको प्रयास गरेका अभिभावकहरुको दाबी छ ।

आफ्नो दुष्कर्म सार्वजनिक भएपछि शिवशंकर दास फरार छन् । उनी आइतबार बिहानैदेखि मन्दिरमा नरहेको बताइएको छ। समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj