Connect with us
Kapilvast Forest

पानी परेपछि प्रदूषण घट्यो

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं-काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण केही घटेको छ।

हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।

पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घटेको मौसमविद्को भनाइ छ । आजदेखि मौसम केही सफा भए पनि पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायमै रहने उहाँले बताउनुभयो ।

उहाँकाअनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी परेको हो । तराइमा अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण नहट्ने उहाँको भनाइ छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने उहाँले जानकारी दिनुभयो ।अहिलेकाे प्रदूषणकाे अवस्था हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj