Connect with us
Kapilvast Forest

तामाङ घेदुङको महाधिवेशन स्थगित

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन स्थगित भएको छ। यही चैत २७, २८ र २९ गतेका लागि तय भएको महाधिवेशन स्थगित भएको हो।

सरकारले कोरोना महामारीको जोखिम बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेकाले महाधिवेशन स्थगित गरिएको घेदुङले जनाएको छ। घेदुङका महासचिव मोहितकुमार तामाङ ‘बाबु;ले विज्ञिप्त जारी गर्दै अर्को सूचना नभएसम्मका लागि महाधिवेशन स्थगित भएको जानकारी गराएका छन्।

काठमाडौं गर्ने तय भएको महाविधेसनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि रोक्नु परेको विज्ञप्तमा उल्लेख छ। देशका स्थानीय तह र विभिन्न देशमा सन्जाल रहेको घेदुङको गत वर्ष चैतमै गर्नुपर्ने महाधिवेशन पनि कोरोनाका कारण सरकारले लगाएको लकडाउनले गर्दा रोकिएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj