Connect with us
Kapilvast Forest

कपिलबस्तुमा हात्ती पाईले रोगको बिरुद्धको पहिलो औषधि शेवन कार्य सुरु

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

कपिलबस्तु-कपिलबस्तुमा हात्ती पाईले रोगको बिरुद्धको पहिलो औषधि समन्वय समितिको अध्यक्ष नारायण खनाल, जिल्ला प्रमुख चक्र पाणी पाण्डे र कपिलबस्तु जिल्ला प्रहरी उपरिक्षक नवराज अधिकारीले खानु भएको छ । कपिलबस्तुका १० वटै पालिकामा औषधि शेवन कार्य सुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। औषधी शेवनको तैयारी पुर्ण रुपमा भइसकेको कपिलबस्तु जिल्ला अस्पतालमा जनाएको छ । जिल्लाको कुल जनसंख्याको ८५ प्रतिशत औषधी खुवाउने लक्ष्य लिएको जनस्वास्थय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराम पान्डेयले बताउनु भयो ।

चैत्र २० गते (आज ) देखि प्रत्येक वडा कार्यालयमा यो औषधी खुवाउन थालिएको जनस्वास्थ्य अधिकृत पान्डेयले बताउनुभयो । औषधीले शरीरमा हात्तीपाईलेका् परजिबि मार्ने काम मात्रै गर्छ, त्यसैले सबैले यो औषधी सेवन गर्दा राम्रो हुन्छ । हात्ती पाईलले रोग लाग्यो भने चाडै निको हुदैन् । शरिरीक अवस्थार्न नराम्रो बनाउछ । त्यसैले आषधी सेवन गर्नु नै उत्तम रहेको उनले बताए । हात्तीपाइले एक किसीमको सरुवा रोग हो । जुन लामखुट्टेबाट सार्छ ।

सम्पूर्ण ब्यतिmहरु लगातर ६ बर्षसम्म औषधी सेवन गरेर रोगका विरामी १ प्रतिशतभन्दा कममा झार्न नेपाल सरकारले २०२८ सम्म लक्ष्य लिएको मेडिकल अधिकृत गगं राम यादवले बताए । अहिले सम्म दुईवटा यो औषधी हामी खुवाएको रहेको बताए । तर कपिलबस्तुका तिनवटा स्थानीय तहमा महराजगज, बाणगंगा नगारपालिका र बिजयनगर गाउपालिका थप १ नयाँ औषधी थपिएको अधिकृत पान्डेले बताउनुभयो । नेपालमा १२ वर्षदेखि वर्षेनी औषधी सेवन गराउदै आएको कपिलबस्तु जिल्ला मात्रै हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj