Connect with us
Kapilvast Forest

ट्याक्टरले किचेर सह–चालकको मृत्यु

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

death

 

विराटनगर -विराटनगरमा आइतबार बिहान ट्याक्टरले किचेर सह–चालकको घटनास्थलमै मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ स्थित सिंघीया खोलानजिक ट्याक्टरले किचेर सह–चालक २५ वर्षीय कामेश्वर कामतको ज्यान गएको हो ।

सडकमा गुडिरहेको को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर सडकमा पल्टिदा घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

अचानक पल्टिएको ट्याक्टरले विराटनगर –१४ घर भएका सह–चालक कामतलाई किचेको थियो । उद्धार गर्न नपाउँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको डीएसपी राईले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj