२० औं वार्षिकोउत्सवको अवसरमा कुमारि बैंक चन्द्रौटा शाखाद्वारा वृक्षारोपण
कपिलवस्तु-कुमारि बैंक लिमिटेड चन्द्रौटा शाखाले आफनो २० ओै वार्षिकोउत्सवको उपलक्ष्यमा बृहत बृक्ष्यारोपण कार्यक्रम सम्पन्न गरेको छ ।कुमारि बैंक लिमिटेड चन्द्रौटा शाखाको आयोजना र सशस्त्र प्रहरी बल चन्द्रौटासहयोग तथा सहकार्यमा सनिवार परेको बैंकको वार्षिक यत्सवको अवसरमा वृहद वृक्षारोपण गरेको हो ।
बैंकको २० औं वार्षिकउत्सवको अवसरमा कुमारि बैंक लिमिटेड चन्द्रौटा शाखाका कर्मचारी र सशस्त्र प्रहरीको उपस्थितिमा सशस्त्र प्रहरी बल चन्द्रौटाको परिसरमा विभिन्न जातका ५० बढि विरुवा रोपण गरेको कुमारि बैंक लिमिटेड चन्द्रौटा शाखा प्रमुख हरि कृष्ण कनोजिया ले बताउनुभयो । कुमारी बैंक लिमिटेडले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले वार्षिकउत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको शाखा प्रमुख कनोजिया ले बताउनुभयो ।
२० वर्ष सम्म अनवरत रुपमा हरेक पलमा यात्रा गर्ने ग्राहक, सेयरधनी, एवम शुभचिन्तहरुलाइ धन्यवाद ब्यक्त गर्दै आगामि दिनमा अझै सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ अझ सशक्त र सुलभ बनाउँदै लैजाने बताउनु भयो ।
