Connect with us
Kapilvast Forest

खाेटाङकाे खोटेहाङमा लागेको डढेलोले जङ्गल छेउको बस्तीमा क्षति, नौ घर जले

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

aago_pathibhara.jpg

खाेटाङ – खोटाङको खोटेहाङ गाउँपालिकामा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति गरेको छ।सामुदायिक वनमा लागेको डढेलोले खोटाङबजार पुरानो गाउँ र रातामाटामा गरेर नौ घर जलेका छन्।

सुरक्षाकर्मी दमकल तथा स्थानीयबासिन्दाले आगो निभाइएकाले अरु घरमा क्षति हुनबाट जोगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

आगलागीले घर तथा कटेरा जलेपछि पीडित परिवार विस्थापित भएका छन् । प्रारम्भिक विवरणअनुसार झण्डै ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जङ्गलमा लागेको डढेलो पूर्णरुपमा निभाउन नसके पनि बस्तीमा जोखिम टरेको उहाँले बताउनुभयो ।

मड्केमा सामुदायिक वनमा लागेको डढेलोले खोटेहाङ गाउँपालिका-७ खोटाङबजार पुरानो गाउँका छविलाल ढकाल, मिलन गेलाल, इन्द्रबहादुर भुजेल, यमबहादुर भुजेल, गोपाल ढकालको घर तथा कटेरा र खोटाङबजार रातामाटाकाविष्णुमायाँ भुजेल, उद्धव भुजेल, खड्गबहादुर भुजेल र नरबहादुर भुजेलको घर तथा कटेरा जलेर नष्ट भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu