Connect with us
Kapilvast Forest

कोरोना नियन्त्रणः के छ सरकारको तयारी ?

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड- १९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत मन्त्री त्रिपाठीले अहिलेसम्म सरकारले गरेका कामकारवाहीबारे जानकारी दिनुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । पछिल्लो २४ घण्टामा चार हजार ५३६ को परीक्षण गर्दा २६७ को नतिजा पोजेटिभ भएको तथ्याङ्कले संक्रमण बढ्दो क्रममा रहेको स्पष्ट हुन्छ भन्नुहुँदै मन्त्री त्रिपाठीले सङ्क्रमण रोकथामका लागि नीतिगत र कानूनी व्यवस्था यथार्थरुपमा अवलम्बन गरिएको पनि बताउनुभयो ।

आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको मन्त्री त्रिपाठीले सदनलाई जानकारी दिनुभयो । कोभिड- १९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा हालसम्म पाँच अर्ब १७ करोड ७२ लाख ८३ खर्च भएको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu