Connect with us
Kapilvast Forest

डोरी तान प्रतियोगितामा शिवराजलाई दोस्रो

२०७७, २५ चैत्र बुधबारमा प्रकाशित

दिपक के.सी.-कपिलवस्तु जिल्लामा पहिलो पटक आयोजना गरिएको जिल्ला डोरी तान प्रतियोगितामा शिवराज नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । मंगलबार भएको प्रतियोगितामा शिवराज डोरी टान संघका महिला खेलाडीले दोस्रो स्थान प्राप्त गर्न सफल भएका हुन ।

 

जिल्लाका १० वटा स्थानिय तहका डोरी तान खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ प्रथम कृष्णनगरपालिका प्रथम र महिला तर्फ बाणगंगा नगरपालिका प्रथम भएको शिवराज डोरी तान संघका अध्यक्ष विष्णु हमालले बताउनु भयो । विजेता खेलाडीहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको हमालले बताउनु भयो ।

जिल्ला स्तरिय डोरी तान प्रतियोगिताबाट शिवराज नगरपालिका १ जना खेलाडी सिराहमा हुने प्रतियोगिताका छनौटमा परेको समेत हमालले बताउनु भयो । खेललाई व्यवस्थित बनाउन स्थानिय तहहरुमा रहेका डोरी टान संघलाई स्थानिय तहहरुले सहयोग गर्नु पर्ने समेत अध्यक्ष हमालले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu