Connect with us
Kapilvast Forest

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं–सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको छ ।

६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।कोरोना भाइरस कोभिड—१९ को संक्रमण बढ्दै गएकाले सुरक्षा सावधानी अपनाएर अभियान सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोनाकै कारण बालबालिकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम भने स्थगन गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दिपेन्द्र रमण सिंहले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu